अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने, मानवीय सहायता प्रदान गर्न अनुमति

अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि, अफगानिस्तानमा आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने जनाएको छ ।

अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरूलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।

तालिबानीमाथि प्रतिबन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानवीय संकट झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रित रहने बताइएको छ ।

लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै जनाएको थियो । 

२० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिबान लडाकुले गत महिना देश नियन्त्रणमा लिएका थिए ।





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार २०:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया