रामेछापमा पालिका अधिवेशनमा भाग लिन जाने क्रममा कांग्रेस कार्यकर्ता चढेको जिप दुर्घटना भएको छ । सुनापति गाउँपालिकामा शनिबार साँझ कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तानलगायत ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
प्रदेश ३–०१–०२४ च १४४० नम्बरको बलेरो जिप सुनापति ४ बेथानको पानीघाट नजिक भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिपमा सवार ५ जनामध्ये मोक्तान र शारदा खत्रीको अवस्था गम्भीर छ । अन्य यात्रु सामान्य घाइते भएका छन् ।
घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । कांग्रेसको आइतबार हुने पालिकास्तरको अधिवेशनमा भाग उनीहरु हिलेदेवीतर्फ जाँदै थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।