राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

दाङ– यातायात व्यवस्था कार्यालय राप्ती दाङले करिब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ ।कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताए ।
     
यातायात विभागबाट एकपटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले बताए । सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उनले बताए । 

नयाँ लाइसेन्स प्राप्त गरेकाले, हराएको, नयाँ नवीकरण गरेको, थप गर्नुपर्ने, लाइसेन्सको विवरण थपघट गर्नुपर्ने भएकाले मात्रै स्मार्ट लाइसेन्स पाउने कार्यालयका नायब सुब्बा शान्तराज गौतमले बताए । 

राप्तीबाट गएको माघ २७ गतेदेखि स्मार्ट लाइसेन्स वितरण सुरु भएको उनको भनाइ छ । राप्तीबाट विभिन्न सवारीसाधनका गरी जम्मा पाँच लाख ३८ हजार आठ सय ९९ लाइसेन्स वितरण भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७५ बुधबार १३:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया