यी हुन् देउवाको गृहजिल्लाका पालिका सभापति

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन विवादका वावजुद पनि सम्पन्न भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको छ । बाँकी पाँचवटा तहमा निर्वाचन प्रणालीबाट अधिवेशन भएको हो । अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट (मायालु) निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले जानकारी दिए । त्यस्तै जिल्लाको नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट गाउँपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसँगै पूरै कार्यसमिति सर्वसम्मत चयन भएको अधिकृत बमले बताए ।

अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय ८४ मतसहित गाउँपालिका सभापतिमा निर्वाचित भएका छन् । सचिवमा देवराज पनेरु विजय भएका छन् । परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी १४८ मतसहित विजयी भएका छन् । 

गन्यापधुरा गाउँपालिका सभापतिमा इन्द्र कार्की निर्वाचित भएका छन् । आलितालमा चन्द्रदेव बोहरा गाँउपालिका सभापतिमा विजयी भएका छन् । भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउँपालिका सभापति निर्वाचित भएका छन् ।

एक पक्षले पालीका अधिवेशन सम्पन्न गरेको घोषण गरेको छ भने वर्तमान कार्यसमितिका सभापति कर्ण मल्लको प्यानलले कांग्रेस डडेल्धुरा पार्टी कार्यालयमा रिले अनशनमा छन् । चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेकाे कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले जानकारी दिए ।



हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्ने लगायतका मागहरू आफूहरूले अघि सारेको उपसभापति भट्टले बताए ।
 



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १२:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया