प्रविशा अधिकारीको नयाँ गीत ‘दिलकी रानी’ सार्वजनिक

गायिका प्रविशा अपधकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलकी रानी’बोलको सार्वजनिक गीतमा गायिका अधिकारीलाई गायक बादल थापाले गायनमा साथ दिएका छन् ।

थापाले नै संगीत गरेको गीत सुरेश रानाले लेखेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माले अभिनय गरेका छन् । 

निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक लामिछानेकै रहेको छ ।

म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन, रेनिश फगोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ ।  

गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।   





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया