उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो ।
उनी उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।
घाइते राणालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा लगिएको छ ।
खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।