दुई महिनामा ३ खर्ब १४ अर्बभन्दा बढीको वस्तु आयात, व्यापार घाटा ७० प्रतिशतभन्दा बढीले वृद्धि

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले बिभिन्न देशबाट ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत साउन र भदौ महिनामा नेपालले उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपालको आयात व्यापार ७५.८६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा नेपालले बिभिन्न देशबाट १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यस वर्ष नेपालको व्यापार घाटा ७०.७५ प्रतिशतले बृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन र भदौमा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो दुइ महिनामा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको व्यापार घाट व्यहोरेको थियो । 
 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १७:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया