नेपालको निर्यात व्यापारमा उत्साहजनक बृद्धि, दुई महिनामा ४४ अर्बभन्दा बढीको निर्यात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक बृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्ष नेपालको निर्यात व्यापार ११५.४३ प्रतिशतले बृद्धि भएको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु बिभिन्न देशमा निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नेपालले २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कूल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो ७९.९२ प्रतिशतले बृद्धि भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको साउन र भदौमा नेपालको कूल वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख ३० हजार रुपैयाँ रहेको थियो । 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १७:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया