इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टस विजयी भएको छ । उसले घरेलु मैदान एलियन्ज स्टेडियममा साम्पडोरियामाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो ।
युभेन्टसको जितमा पाउलो डिवाला,लियानार्दो बोनुची, म्यानुयल लोकाटेलीले गोल १-१ गर्दा साम्पडोरियाका माया योशिडा र एन्टोनियो क्यानडेर्भाले १-१ गोल फर्काए ।
खेलको दसौँ मिनेटमा डिवालाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा बोनुचीले पोनाल्टीमार्फत गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ४४औँ मिनेटमा योशिडाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५७ औँ मिनेटमा लोकाटेलीले युभेन्टसका लागि तेस्रो गोल गरे ।
८३ औँ मिनेटमा क्यानडेर्भाले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा युभेन्टसले रोमाञ्चक जित दर्ता गरेको हो । तिलसँगैयुभेन्टस ६ खेलबाट ८ अंकका साथ लिगको आठौँ स्थनमा उक्लिँदा समान खेलबाट ५ अंक जोडेको साम्पडोरिया १४ औँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।