तीनबुँदे फरक मतबारे के भन्छन् घनश्याम भुसाल ? (भिडियाे)

बिहीबारबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले तीनबुँदे फरक मत राखेका छन् ।

आगामी विधान महाधिवेशनको एजेण्डाहरु तय गर्नका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव भुसालले टिप्पणी गर्दै तीनबुँदे फरक मत राखेका हुन् ।

ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा जबजबारे अस्पष्टता रहेको, संसद विघटनबारे प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भुसालको ठहर छ । 

माधव नेपाल समूहमा रहेका तर एमाले विभाजनमा उनलाई साथ नदिएका नेताहरुले केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि राखेका थिए । 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १९:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया