आइसल्यान्डको संसदमा बहुमत महिला, बन्यो नयाँ इतिहास

आइसल्यान्डको आम निर्वाचनमा बहुमत सदस्य महिला सांसद चुनिएका छन् । संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो देश बनेको छ । 

आइसल्यान्डमा भएको निर्वाचनको अन्तिम परिणामअनुसार संसदको ६३ सिटमा ३३ जना अर्थात् ५२ प्रतिशत महिला निर्वाचित भएका हुन् ।

यो सन् २०१७ को भन्दा त्यहाँ सात सिटले बढी महिला निर्वाचित भएको रेकर्ड पनि हो ।

अहिलेसम्म युरोपेली देशमा स्वीडेनमा ४७ प्रतिशत सांसद महिला निर्वाचित भएका थिए ।

आइसल्यान्डमा महिलाको पक्षमा कुनै पनि आरक्षण छैन । त्यसैले पनि आइसल्यान्डको यो निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

यसअघि रुवान्डा, क्यूबा, निकारागुआ, मेक्सिको तथा युएईमा पनि कम्तिमा ५० प्रतिशत महिला सांसद निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ०:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया