काठमाडौं उपत्यकाका सिनेमा घरहरू यही असोज २१ गतेबाट सञ्चालनमा आउने भएका छन् । उपत्यकाका निर्माता, वितरण तथा प्रदर्शकहरूको संयुक्त बैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यावसायिक समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले हल सञ्चालनका साथै ६ बुँदे निर्णय सार्वजनिक गरेको छ । सार्वजनिक निर्णयअनुसार अब एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको कम्तीमा २ साता अर्को नेपाली चलचित्र प्रदर्शन गर्न नपाइने भएकाे छ ।
समितिको बैठकले स्वदेशी तथा विदेशी चलचित्रको सेयर बाँडफाँडको हकमा पहिलो साता निर्माता वा वितरकलाई ५५ प्रतिशत सेयर वितरण गरिने र दोस्राे साताबाट ५० प्रतिशत सेयर वितरण गरिने निर्णय गरेको छ । यस्तै नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्र रिलिज गर्न नपाइने निर्णय गरेको छ ।
समितिले सार्वजनिक गरेका सबै निर्णय अबको ३ महिना लागू हुने जनाएको छ । ३ महिनाभित्र रिलिज हुने सबै सिनेमाले असोज २० गतेसम्म चलचित्र प्रदर्शन मिति सार्वजनिक गर्न समेत अनुराेध गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।