बेलायतको कोभेन्ट्री युनिभर्सिटीले सफ्टवेरिकामा आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

एघार वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आइटी एण्ड इ-कमर्समा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई युनिभर्सिटीले सतप्रतिशत छात्रावृत्ति दिने भएको छ ।

सफ्टवेरिका कलेजले बेलायतको विख्यात कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । स्नातक तहको पहिलो वर्षको ४ लाख ५० हजार बराबरको छात्रवृत्ति ५ जनालाई प्रदान गरिने कलेज प्रमुख प्रमोद पौडेलल जानकारी दिए । 

प्लस टुको रिजल्ट, अतिरिक्त क्रियाकलाप, अनुशासन, सामाजिकपन आदिलाई मूल्याकंन गरी विद्यार्थी छनौट गरिने पौडेलले बताए । साथै कलेजले हरेक ब्याचका २०० विद्यार्थीबाट ५१ जनालाई २५ प्रतिशतदेखि सतप्रतिशत छात्रवृत्ति दिने बताइएको छ ।

कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्टवेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने श्रेष्ठले जानकारी दिए ।

इनोभेसन हबमा कम्प्युटर, थ्रिडी प्रिन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत  परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए । इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरी थप अवसर दिलाइनेछ ।

कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड एथिकल ह्याकिङ कोर्स, आइबिएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आइटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत संचालन गरिएको छ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ११:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया