एमालेको अवरोधकाबीच राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विद्येयक-२०७८ र राष्ट्र ऋण उठाउने विधेयक-२०७८ माथिको दफाबार छलफल अगाडि बढाए । 

दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्‍याे।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रियसभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेस हुनेछ ।
 





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ११:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया