गायिका बिन्दु परियारको नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक

गायिका बिन्दु परियारको नयाँ गीत बजारमा आएको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीत गाएर चर्चामा आएकी बिन्दुले पछिल्लो पटक ‘तिम्रै हुन पाऊँ’ बोलको गीत लिएर आएकी हुन् ।

सार्वजनिक गीत कमल खत्रीले लेखेका हुन् । गीतमा संगीत पनि कमल खत्रीकै छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा गायिका बिन्दुले नै अभिनय गरेकी छिन् । शान थापाले निर्देशन गरेको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । 

राजीव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १२:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया