जर्मनीमा भएको आम निर्वाचनमा सेन्टर लेफ्ट सोसल डेमोक्रेटिक पार्टी (एसपिडी)ले जित हासिल गरेको छ । तर, सुरुवाती नतिजामा यसको जितको मार्जिन निकै कम रहेको छ ।
एसपिडीलाई २५.७ प्रतिशत भोट मिलेको छ भने एन्जेला मर्केलको सत्ताधारी पार्टी सिडियूले २४.१ प्रतिशत मत पाएको छ ।
त्यहाँ ग्रिन्स पार्टीले अहिलेसम्मका निर्वाचनमा आफ्नो लागि सबैभन्दा राम्रो प्रदर्शन गरेको छ । उसले आम निर्वाचनमा १४.८ प्रतिशत मत ल्याएर तेस्रो दल बनेको छ ।
सरकार बनाउन अब त्यहाँ गठबन्धन आवश्यक रहेको छ । यसअघि निर्वाचन लगत्तै एसपिडीका नेता ओलाफ स्कोल्जले आफ्नो पार्टीले यसपटक स्पष्ट जनादेश ल्याउने दाबी गरेका थिए ।
नतिजा आइसके पछि पनि केही दिन जर्मनीमा चान्सलरका रुपमा एन्जेला मर्केल नै रहनेछिन् । जहिलेसम्म सत्ताका लागि गठबन्धन बनिसक्दैन, तबसम्म एन्जेलाले राजीनामा दिनु पर्दैन ।
यसका लागि कम्तिमा पनि डिसेम्बरसम्म पर्खनु पर्ने हुनसक्ने त्यहाँका मिडियाले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।