बुद्ध एयरमा ७७ जनाको ज्यान जोगाउने क्याप्टेन को हुन् ?

सोमबार बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट सुरक्षित अवतरण गर्ने क्याप्टेन को हुन् भन्ने चर्चा हुन थालेका छ ।  

बुद्ध एयरको जहाजलाई सकुशल अवतरण गराउने वरिष्ठ क्याप्टेन हुन् आङ गेलु शेर्पा । उनले आज चालक दलसहित ७७ जनाको ज्यान जोगाए । 

सोलुखुम्बुमा जन्मिएका शेर्पा १५ वर्षदेखि हवाई उडान क्षेत्रमा रहेका छन् । 

आफू बाँचेर अरूलाई पनि बचाउन सफल भएको भन्दै क्याप्टेन शेर्पालाई सामाजिक सञ्जालमा धेरैले बधाईसहित उनको उडान विज्ञताको प्रशंसा गरेका छन् । 

पर्यटन व्यवसायी तेन्जिङ शेर्पा लेख्छन्, ‘बुद्ध एयरको जहाजलाई सकुशल अवतरण गराउन सफल हुनु भएकोमा वरिष्ट पाइलट क्याप्टेन आङ गेलु शेर्पा ज्यूलाई धन्यवाद । ठूलो दुर्घटनाबाट जोगाएर ७३ जनाको ज्यान बचेको छ । एक कुशल अनुभवी पाइलटको विज्ञताको प्रशंसा गर्दछु ।’ 

यस्तै, अर्का पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले क्याप्टेन शेर्पाको भूमिकाको उच्च प्रशंसा गरेका छन् । साथै, दुर्घटनाबाट जोगिएको बुद्ध एयरमा सवार पुष्कर मानन्धरले क्याप्टेन शेर्पालाई भगवानको उपमा दिएका छन् । 



उनले लेखेका छन्, ‘बाँचिदैन भन्ने लागेको थियो । त्यही बेला क्याप्टेनले विमान सुरक्षित अवतरण गरेपछि बल्ल राहतको सास फेर्‍यौं​ । हामीलाई बचाउने क्याप्टेनलाई धेरै धेरै धन्यवाद ।’ 



 


  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १४:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया