सर्वोच्चमा पेसी व्यवस्थापन गोलाप्रथाबाट, प्रतिवेदन प्रधानन्यायाधीशले बुझे

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का नेतृत्वको अध्ययन समितिले गोलाप्रथाको आधारमा रिटको पेसी व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रधानन्यायाधीशलाई बुझाएको छ ।
करिब एक महिना अध्ययन गरेर तयार गरेको प्रतिवेदन समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बुझाएको प्रवक्ता बाबुराम दाहालले बताए । 

प्रतिवेदनमा खड्का नेतृत्वको समितिले गोलाप्रथाद्वारा पेसी व्यवस्थापन सम्बन्धमा अदालतसम्बन्धी नियमावलीहरूमा संशोधन, सफ्टवयरमा गरिनुपर्ने परिमार्जन, गोलाप्रथाद्वारा पेसी व्यवस्थापनसम्बन्धी आधार, मापदण्ड, कार्यविधि र त्यसबारे आवश्यक पर्ने अन्य व्यवस्थापकीय पक्षहरू समेतको अध्ययनबारे कार्यादेश पाएको थियो । 
गत साउन २४ गते समितिले उक्त कार्यादेश पाएको हो । 

समितिका न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल र नहकुल सुवेदी सदस्य र नारायणप्रसाद पन्थी सदस्य सचिव हुन् । 





  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १०:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया