साताको तेस्रो दिन धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक ऐक्सचेन्ज परिसूचक २६८३.६० बिन्दुबाट सुरु भएको शेयर कारोबार २६१.२९ बिन्दुमा रोकिएको हो ।
शेयर कारोबार नेप्से परिसूचक २.६१ प्रतिशतले घटेको हो । नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको हो । त्यस्तै नेप्से परिसूचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ बिन्दुमा पुगेको छ ।
कूल २१८ वटा कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूह मध्ये सबै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै, बैकिङ १.८९ , ट्रेडिङ २.६३, होटल तथा पर्यटन ०.७८, विकाश बैंक ३.१५, हाईड्रो पावर ४.७४, फाइनान्स ७.३७, नन लाईफ ईन्स्योरेनस २.७८, उत्पादन १.४, अन्य १.८४, माईक्रोफाइनान्स २.२३, जिवन बीमा २.९ , म्युचल फण्ड १.१६, इन्भेष्टमेन्ट ३.९३ प्रतिशतले घटेको छ ।
मंगलबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबर कारोबार भएको हो ।
आज पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय ५३ रुपैयाँ पुगेको छ भने नेपाल हाईड्रो डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको शे यरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही निरन्तर रहेको छ । अघिल्ला दिनमा जस्तै मंगलबार पनि बजार उतरचढाब देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।