युग नायक खोज्दै सन्तोष श्रेष्ठ

संगीतकार सन्तोषको राष्ट्रिय भावको गीत सार्वजनिक भएको छ । डा. नवि अधिकारी ‘टाकिन्द्र’ले लेखेको गीत संगीतकार श्रेष्ठले नै गाएका छन् ।

‘खोजीरहेछ देशले एक युग नायक’ बोलको राष्ट्रिय भावको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

हेमप्रभाष अधिकारीले निर्देशन गरेको भिडियोमा युवराज दाहालले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । उनलाई अरू थुप्रै कलाकारले साथ दिएका छन् ।

२००७ सालदेखि गणतन्त्र स्थापना हुँदासम्म भएका ठूला राजनीतिक परिवर्तनले पनि जनताले सुखानुभूति गर्न नसकेको सन्दर्भमा देश समृद्ध बनाउने नायक आवश्यक रहेको भाव गीतमा प्रस्तुत गरिएको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १०:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया