सुनकाे मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।

प्रति ताेलामा १०० रुपैयाँले घटी ८८ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार ८९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । 

सुनकाे मूल्य घट्दा चाँदीकाे मूल्य भने स्थिर नै रहेकाे छ । मंगलबार प्रति तोला रु एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेही मूल्यमै काराेबार भइरहेकाे छ ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १०:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया