प्रदेश २ : मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । 

असोज २० गते बुधबारका लागि अधिवेशन आह्वान गरिएको छ। मन्त्रिपरिषद् बैठकबाट राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 

जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि प्रदेश २ मा मुख्यमन्त्री राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई  सरकारमा समावेश गरेका छन् । 

नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने पक्कापक्की भइसकेपछि मुख्यमन्त्री राउतसँग स्पष्ट बहुमत रहने देखिन्छ । 

प्रदेश २ मा प्रतिपक्षको भूमिकामा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले रहने भएका छन् । लोसपासँग १६ र एमालेसँग ८ जना प्रदेश सभा सदस्यहरु छन् । 

लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सभामुख सरोज कुमार यादवलाई प्रदेश सभामा आफूहरु प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जानकारी गराउँदै अलग वेञ्चको व्यवस्था गरिदिन समेत माग गरेका छन् ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ११:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया