राष्ट्र बैंकद्वारा ३० अर्ब बराबरको रिपो जारी

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब बराबरको रिपो जारी गर्दैछ । बैकिङ क्षेत्रमा देखिएको तरुलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ७ दिने रिपो जारी गर्न लगेको हो । 

राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएपछि झण्डै एक खर्बको रिपो जारी गरिसकेको  छ । पछिल्लो पटक यही असोज ७ गते ३० अर्बको रिपो जारी गरेको छ । 

यसअघि भदौ अन्तिममा २० अर्बको रिपो जारी गरेको थियो । उक्त रिपो आउने यही असोज १४ गते मात्रै परिपक्व हुनेछ ।

तरलतामा भदौदेखि नै चाप परेपछि यसअघि गत भदौ १७ गते २० अर्ब बराबरको ७ दिने, भदौ २४ गते ३० अर्ब बराबरको ७ दिने रिपो जारी गरेको थियो ।


 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया