सुनको बजारमा पनि राष्ट्र बैंकको कडाइ
फरकधार / १३ असोज, २०७८

बजारमा सुनको माग बढ्याबढ्यै भएपछि नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।  अहिले नीतिअनुरूप दैनिक २० किलो सुन आयातको सीमा तोकिएको छ । तर, २० किलोले नपुगेको भन्दै व्यवसायीहरूले निरन्तर दबाब दिन थालेपछि सुन खपतको बजारबारे बैंकले अध्ययन थालेको हो ।
 
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सुनचाँदी व्यवसायीहरूसँग कसले कसरी सुन लगिरहेको छ भनेर अनुसन्धान सुरु गरेको छ । 



राष्ट्र बैंकले सात दिनको समय दिएर सुनचाँदीका संगठनहरूमार्फत् सुनचाँदी लैजाने व्यवसायीको विवरण माग गरेको थियो । सो समय पनि नाघिसकेको बताइन्छ । व्यवसायीले कोभिडलाई देखाएर तथ्यांक दिन आनाकानी गरिरहेको राष्ट्र बैंककाे स्रोत बताउँछ ।
 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १३:१४:१८,   अन्तिम अपडेट : असोज १३, २०७८ बुधबार १३:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया