कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रित गरी कोकका बोतलहरूमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ ।
कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो ।
यसको मुख्य आशय कोभिड-१९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रूपमा रहेका साथीहरू, परिवार र फ्रन्टलाइनरहरूलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ ।
कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्न आमाबुबा, दाइभाई, दिदीबहिनी, साथी र सेवाकर्मीहरूका लागि भनी ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए ।
उनले यसपालीको दसैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गर्नुभएका परिवारका सदस्य र साथीहरूप्रति आभार व्यक्त गर्दै मनाउन कोकाकोलाले प्रेरित गरेको पनि उल्लेख गरे ।
कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।