वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुप्तालाई अन्तर्राष्ट्रिय सम्मान

युरोपियन इन्टरनेशनल युनिभर्सिटीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई प्रोफेसनल डक्टरल सर्टिफिकेटद्वारा सम्मान गरेको छ । 

पेरिसमा रहेको युनिभर्सिटीले ग्लोबल लिडरसिप एण्ड म्यानेजमेन्टमा गुप्तालाई प्रोफेसनल डक्टरल सर्टिफिकेटले सम्मान गरेको हो । ​

सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई सम्मान गरिएको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  गुप्ताले सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सो अवार्ड दिइएको हो । गुप्ताले प्राप्त गरेको यस किसिमको सम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित छ । 

गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष हुन् ।  





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १६:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया