थप एक हजार १५७ संक्रमित, ८ जनाकाे मृत्यु

पछिल्लाे २४ घन्टामा नेपालमा थप एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप एक हजार १५७ जनामा संक्रमण पुष्टि भएकाे हाे।

पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनामा काेराेना परीक्षण गरिएकाे थियाे। जसमध्ये १० हजार ६५२ जनाको पिसिआर परीक्षण र ३ हजार ८८९ जनाको एन्टिजेन परीक्षण भएकाे थियाे ।

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।

पछिल्लाे २४ घन्टामा थप एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल १८ हजार १९३ जना सक्रिय संक्रमित छन्।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १६:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया