नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई विष्टले हराएका हुन् । 

नेपाली ओलम्पियन खेलाडीहरूको आधिकारिक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो । 

समितिको महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन् । नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगीना निर्वाचित भएकी छन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि कार्यक्रममा बोल्दै दीपक विष्टले नेपालमा ओलम्पिकलाई धेरै हेपाहा पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए । उनले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गरे ।

नव-निर्वाचित संघका अध्यक्ष विष्टले भने, ‘धेरै नै धन्यवाद दिन चाहन्छु । सबैले विश्वास गरेर मलाई यो जिम्मेवारी दिनुभएको छ । अवश्य नै मैले ठूलो इज्जत बनाएर साँच्चिकै ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम गर्नेछु । नेपालमा ओलम्पिक मुभमेण्ट साँच्चिकै छैन, ओलम्पिकलाई धेरै हेपाहा पाराले हेर्ने गरिएको छ । यो देशमा मेडलिस्ट खेलाडीलाई मात्रै मान्छन् । १५ जनाको हाम्रो टीम कामदार हो, हामी काम गर्नेछौँ ।’

नव-निर्वाचित अध्यक्ष विष्टले यस काममा सबै जना मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपाल ओलम्पिक कमिटीसँग राम्रो सम्बन्ध बनाउने र हातेमालो गरेर अघि बढ्ने कुरामा जोड दिए । 



नव-निर्वाचित १५ सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजु, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ रहेका छन् । 
 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १७:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया