धादिङ आँखु खोला हाइड्रोको वित्तीय सम्झौता, चार वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य

धादिङ जिल्ला साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग (हालको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका) मा निर्माण हुने धादिङ आँखु खोला हाइड्रोका लागि विभिन्न बैंकहरुसँग सहवित्तीयकरण सम्झौता भएको छ ।  

३८ मेगावाट क्षमताको माथिल्लो आँखु खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा नेपाल एसबीआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैँकबाट ऋण लगानी गर्ने गरी सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्ति अनुसार सो परियोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोड रहेको छ ।  यसमा बैंकहरुको ७५ः२५ को ऋण स्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहने छ ।  २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने जनाएको छ । 

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया  पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ । 

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्ला स्थित त्रिशुली  ३ बी  हव सबस्टेसनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्षामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुने विज्ञप्तिमा जनाइएको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १७:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया