नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार एक कार्यक्रम गरेर आफ्नो राजीनामा घोषणा गरेका हुन ।
क्यानका उपाध्यक्ष विनोदबाबु श्रेष्ठले पनि राजीनामा दिएका छन् ।
दुई वर्षअघि भएको निर्वाचनपछि प्याकुरेल क्यान सचिवमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको आइतबार दुई वर्ष पुगेको थियो ।
क्यानलाई आइसिसीले लगाएको प्रतिबन्ध फुकुवा गर्न आफू सक्षम भएको भन्दै आफ्नो योजना र मिसन पूरा भएको उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।