मन्डेकाजी र मुकुन्द्र जर्मनी जाने

कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।

अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मन्डे तथा ७५ केजीमुनिमा मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । 

दुवै १३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन् । उक्त सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले काँस्य जितेका थिए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वस लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए । 

साकिरले खेलाडीको खाना–बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी गराए ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १८:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया