प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए ।
सहभागीमध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुवै परीक्षा उत्तीर्ण गरेका छन् । सहभागी र उत्तीर्णहरुलाइ परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए ।
सबै जिल्लामा हुने स्थानीय स्तरका, जिल्ला स्तरका र प्रदेश स्तरका सबै प्रतियोगिता र तालिम सञ्चालन गर्न उक्त तालिमले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको सदस्यसचिव भण्डारीले बताए ।
सहभागी प्रशिक्षार्थीमध्येका दोलाखाकी अन्जना शिवकाकोटी र रामेछापका लालबहादुर थापाले प्रशिक्षण अवधिभरको आफ्नो अनुभूति व्यक्त गर्दै प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यस्तो प्रशिक्षण कार्यक्रम प्रत्येक वर्ष हुनुपर्ने बताए ।
प्रशिक्षार्थीलाई नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, प्रशिक्षकहरु धनिराम चौधरी र कान्ति महतोले प्रशिक्षण दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।