बिहीबार बिहानका लागि देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि  प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । 

संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफलका लागि बैठक बोलाइएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)लगायतका संसदमा प्रतिनिधिन्व गर्ने दललाई बोलाइएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेले केही दिनयता संघीय संसद्का दुवै सदन दैनिक अवरुद्ध गर्दै आइरहेको छ । 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार २२:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया