च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहाेरेकाे छ ।
समूह चरणअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको हो । बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गर्दा राफा सिल्भाले एक गाेल गरे ।
खेलको तेस्रो मिनेटमै डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा राफाले गोल गरी बेन्फिकाकाे अग्रता दाेब्बर बनाए ।
खेलको ७९ औं मिनेटमा डार्विनले व्यक्तिगत दोस्रो गोल गरी बेन्फिकालाई ३-०काे सानदार जित दिलाए ।
खेलमा जित हासिल गरेसँगै समूह ‘ई’काे बेन्फिकाले २ खेलमा ४ अंक जाेडी दोस्रो स्थानमा रहेको छ । पराजित बार्सिलोना पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।