च्याम्पियन्स लिग : युभेन्टसको कठिन जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टसले साबिक विजेता चेल्सीमाथि १-० को कठिन जित हात पारेको छ ।

घरेलु मैदान एलियन्ज एरिनामा युभेन्टसलाई जित दिलाउन फेडरिको चेइसाले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

उनले ४६औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको पासलाई सदुपयोग गर्दै टोलीलाई लगातार दोस्रो जित दिलाएका हुन् ।

जितसँगै युभेन्टस २ खेलबाट ६ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिँदा चेल्सी समान खेलबाट ३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा जेनिटले माल्मोमाथि ४-० को सहज जित हात पार्‍याे।

लिग अन्तर्गत बुधबार नै भएका अन्य खेलमा साल्जवर्गले लिलीमाथि २-१ को जित हात पार्दा उल्फ्सवर्ग सेभियासँग १-१ को बराबरीमा रोकियो ।  





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ८:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया