भौतिकमन्त्री बन्न इस्तियाकको दौडधूप

जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू पछिल्लो समय मन्त्री बन्न दौडधूपमा छन् । जसपा सरकारमा जाने निश्चित भएपछि जसपाका सांसदहरू मन्त्री बन्न दौडधूप सुरु गरेका हुन् । 

जसपाका सांसदहरू आफ्नो पार्टीका शीर्ष नेताहरू बाहेक पनि सत्तारूढ दलका शीर्षस्थ नेताहरूलाई भेटी मन्त्री बनाउनमा मद्दत गर्न लविङ गरिरहेका छन् । 

जसपा सांसद पूर्वमन्त्री माेहम्मद इस्तियाक राईले आफूलाई मन्त्री बनाउनमा मद्दत गर्न कांग्रेसका शीर्ष नेताहरूलाई भेटी आग्रह गरिरहेको स्रोतले जनाएको छ ।

सांसद राईले कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई मंगलबार भेटेर आफूलाई भौतिक पूर्वाधारमन्त्री बनाउनमा लविङ गरिदिन आग्रह गरेको स्रोतले बताएको छ।

भेटघाटमा राईले कांग्रेस नेता सिटौलालाई भनेका छन्, ‘पार्टी अध्यक्ष उपेन्द्र यादव भागबण्डाकाे अडानमा बसिरहनु भएको छैन । अहिलेसम्म वरिष्ठ नेता डा.बाबुराम भट्टराईको कारणले उहाँ भौतिकमन्त्रीको माग गर्दै हुनुहुन्छ । त्यहीँ भएर हजुरले पनि यो विषयमा लविङ गरिदिनु पर्‍याे।’

जसपाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेज नहुँदासम्म सरकारमा नजाने लिएको अडानपछि सरकारले त्यो अध्यादेश खारेज गरिसकेको छ ।



राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेज भएपछि जसपा सरकारमा सहभागी हुने निश्चित भइसकेको छ । स्रोतका अनुसार जसपालाई ५ मन्त्री र एक राज्यमन्त्री दिने गठबन्धनबीच आन्तरिक सहमति भएको छ ।



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १२:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया