ओलीलाई विश्वप्रकाशको सुझाब : द्वन्द्वको हल हठ होइन, संवादले खोजौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असहिष्णु नबन्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिष्कार गरेको सन्दर्भमा उनले संवादमा आएर संसद्मा देखिएको गतिरोध अन्त्य गर्न सुझाब दिएका हुन् । 

नेकपा एमालेले संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्नि सापकोटाले पनि सर्वदलीय बैठक र प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको छ । 

आफूले कारबाही गरेका १४ सांसदलाई कारबाही गर्न माग गर्दै नेकपा एमालेले संघीय संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । 

निर्वाच्न आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिएपछि सो निर्णयविरुद्ध एमालेले सर्वोच्चमा हालेको मुद्दा विचाराधीन अवस्थामा छ । 

‘सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ । साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ । सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,   ‘बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन । श्रद्धेय  केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन, संवादले खोजौँ । गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँ ।’





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया