किताब लेख्न पाए खुसी हुन्थेँ, तर एकचोटि अन्तिम लडाइँ लड्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक अन्तिम लडाइँ लड्ने घोषणा गरेका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म त बसेर किताब लेख्न पाए सबैभन्दा बढी खुसी हुन्थेँ । तर, यसो हेर्छु, छाँट त्यसकारण मैले के भनेको छु भने, यो लास्ट अवसर एकचोटि म लडाइँ लड्छु ।’

राम्रो विचार, योजना र कार्यक्रमसहित आउनेलाई उत्तराधिकारी घोषणा गरेर हिँड्ने पनि उनले बताए । उनले भने, ‘तपाईंहरुको विचार राजनीति योजना र कार्यक्रमसहित आउनुस् । तपाईंको राम्रो भयो भने र पार्टीले पास गर्यो भने तपाईंलाई उत्तराधिकारी घोषणा गरेर हिँडछु ।’

तर, माओले लिनपियाओलाई गरेजस्तो नगर्ने बताउँदै प्रचण्डले भने, ‘तर माओले लिम्पियोलाई गरेजस्तो अहिले नै भन्दिने गल्तीचाहिँ म गर्दिनँ । लिनपियाओलाई उत्तराधिकारी भनिदिएको त त्यही लिनपियाओ माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेपछि त्यो त काल रैछ । म त्यो भन्दिनँ, किन भन्ने ? राम्रो काम गरेर आउने साथीहरुलाई बाटो छाड्दिन्छु भनेकै छु ।’

साथै, उनले माओवादी एकचोटि पुनः जाग्नुपर्ने दोहोर्याए । उनले भने, ‘एकचोटि हामी जाग्नैपर्ने बेला आयो ।’





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १८:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया