प्रचण्डको आह्वान : अस्ताउनुअघि केही गर्न मन लाग्यो, साथ दिनुहोला कमरेडहरु !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अस्ताउनुअघि केही गर्न मन लागेको बताउँदै साथ दिन आग्रह गरेका छन् । 

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु बिग्रिएको भन्दै आत्मसमीक्षा गर्नेतिर सोच्न आग्रह गरे । उनले भने, ‘हामी अलिकति बिग्रिएकै हो, हामी आत्मसमीक्षा गर्नेतिर लागौँ ।’

फेरि नयाँ इतिहासको निर्माण गर्ने भन्दै उनले अबको संसार आफूहरुको नभई युवाहरुको हो भन्दै हलको माहौल तताएका थिए । उनले भने, ‘हामीले नयाँ इतिहासको फेरि निर्माण गरेर, हामी त धेरै छैनौँ, तर तपाईंको त धेरै छ नि त । हामीले अलिकति सहयोग गर्यौँ भने त भविष्य तपाईंहरुकै हो । माओले भनेजस्तो संसार हाम्रो पनि हो, संसार तपाईंहरुको पनि हो । अन्तिम विश्लेषणमा त तपाईंहरुको हो ।’

प्रचण्डले अब आफूहरु अस्ताउन लागेको सूर्यजस्तो भएको बताउँदै भने,‘तपाईंहरु बिहानको उदाँउदो सूर्यजस्तो हुनुहुन्छ, हामी त अस्ताउन लागेको सूर्यजस्तो । तर अस्ताउनु अगाडि केही गर्न मन लाग्यो कमरेडहरु, साथ दिनुहोला ! धन्यवाद ।’





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १८:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया