सोमबार बुद्ध एयरको जहाजमा आएको समस्याबारे चर्चा सेलाउन नपाउँदै बिहीबार पनि काठमाडौंबाट विराटनगर उडान भर्ने जहाजमा समस्या आएपछि अर्को जहाजमा यात्रुलाई पठाएको छ ।
बिहीबार बिहान ११ः५० बजे काठमाडौं–विराटनगर उडानका लागि तयारमा राखिएको ९ एनएएमएफ कलसाइनको जहाजमा प्राविधिक समस्या आएपछि अर्को जहाजमा यात्रुलाई पठाएको विमानस्थलले जनाएको छ ।
करिब डेढ घण्टापछि ती यात्रुलाई १ः१९ बजे ९ एन–एएनएच कलसाइनको जहाजमा विराटनगर पठाएको विमानस्थल स्रोतले बताएको छ । यस विषयमा कुरा बुझ्न सम्पर्क प्रयास गर्दा बुद्ध एयरका कर्पोरेट प्रतिनिधिहरु सम्पर्कमा आउन चाहेनन् ।
यस विषयमा बुद्ध एयरले कुनै सूचना दिएको छैन । विगतमा पनि बुद्धले प्राधिकरणका उच्च अधिकारीको मिलेमतोमा यस्ता घटनालाई गोप्य नै राख्ने गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।