प्रचण्डले किन सोचे आत्महत्या गर्नेबारे ?
फाइल तस्वीर ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय निराशाका अभिव्यक्ति बढी दिन थालेका छन् । केही समयअघि देखि नै आफू विरक्त भएको अभिव्यक्ति दिँदै आएका प्रचण्डले बिहीबार एक कार्यक्रममा त आफू आत्महत्या गर्नेबारे सोच्ने अवस्थामा पनि पुगेको बताएका छन् ।

५ पुसमा तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफूसँग लड्ने या आत्महत्या गर्ने भन्ने विकल्प देखिएको प्रचण्डले बताएका हुन् ।

त्यति बेला यस्तो सोच आए पनि पार्टीका नेताहरुको साथ लिएर आफूले क्रान्तिकारी ढंगले लड्ने निर्णय गरेको र अहिले त्यसमा विजयी भएको पनि उनले बताएका छन् ।

आखिर प्रचण्डले किन सोचे त आत्महत्या गर्नेबारे ?

यसको उत्तर पनि प्रचण्ड आफैंले दिएका छन् । उनले भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एम मुठी माटो लिएर आत्महत्या गरेको प्रसंग सम्झिएका छन् ।

उनले आफू पनि त्यही चन्द्रशेखरको अवस्थामा पुगेको पनि बताएका छन् । 



‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौँ शहिद, घाइते र अपांगको ऋण मेरो टाउकोमा छ,’ प्रचण्डले आफूले सोचेको कुरा बताएका छन्, ‘मैले या त सकिनँ, यति नै रहेछ भने सुसाइड गर्नु पर्ने या लड्नु पर्ने ठाउँमा पुगेको देखेँ ।’



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १८:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया