नेकपा विवदका बेला माधव नेपाललाई साथ दिएका एमालेका १० स्थायी कमिटी सदस्यहरूले एमाले विभाजनको दोष आफूलाई लगाएको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रोष व्यक्त गरेका छन् ।
बिहीबार अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्दा हस्ताक्षर गरेका नेताहरूले आफूलाई लगाएको सो आरोप गलत भएको दाबी गरेका छन् ।
एमले विभाजनमा माधव नेपालको साथ छाडेका १० नेताले केपी ओली तानाशाह नै हो, अपराधी नै भन्ने गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘अस्तिसम्म मलाई दह्रोसँग उभिनुस् कमरेड, तपाईंको पछाडि हामी छौँ भन्नुहुन्थ्यो, अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोजेको रे !’
ओलीलाई पार्टीबाट निकाल्न उनीहरुले सही गरेको गरेको माइन्युट अहिले पनि सुरक्षित रहेको भन्दै प्रचण्डले भने, ‘अनि मैले एमाले फुटाएको भन्न मिल्छ त ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।