उत्तर कोरियाले फेरि गर्यो मिसाइल परीक्षण

उत्तर कोरियाले हिजाे (बिहीबार) आफ्नो नयाँ एन्टी-एयरक्राइफ्ट मिसाइलको परीक्षण गरेको छ । एक महिनाभित्रै उत्तर कोरियाले गरेको यो चौंथो परीक्षण हो ।

केही दिन पहिला कोरियाले एक नयाँ हाइपरसोनिक मिसाइल लन्च गरेको थियो।

परीक्षणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले आपत्ति जनाएका छन् । ‘यी परीक्षणबाट अस्थिरता र असुरक्षालाई लिएर धेरै आशंका उत्पन्न हुन्छ’, उनले भने ।

उता उत्तर कोरिया भने आत्मरक्षाका लागि हतियारको आवश्यकता पर्ने बताएको छ ।​ उसले अमेरिका र दक्षिण कोरियाले दाेहाेराे मापदण्ड अपनाएकाे पनि आराेप लगाएकाे छ । 

नयाँ परीक्षणले स्पष्ट रूपमा याे संकेत गर्छ कि कडा प्रतिबन्धकाे बाबजुत पनि उत्तर काेरियाले हतियार निर्माणकाे काममा कमी ल्याएकाे छैन । 

सरकारी न्युज एजेन्सी केसिएनएका अनुसार यो नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको छ । 




 



 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १०:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया