छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु , १० जना घाइते

सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । ती घटनामा १० जना घाइते भएका छन् ।  

सप्तरीको कञ्‍चनरुप नगरपालिका–११ मा स.१ च १६६३ नम्बरको गाडी बिहीबार दुर्घटना हुँदा गाडीमा सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ बस्ने ५० वर्षीय नारायण मोचीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै गोल्डेन अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ६ जनामध्ये ४ जनाको गोल्डेन अस्पतालमा र अन्य २ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको लक्ष्मिनिया गाउँपालिका–२ मा ज.२ त ९२८ नम्बरको ट्याक्टर र ज.११ प ८००७ नम्बरको मोटरसाइकल बिहीबार ठोक्किदा मोटरसाइकल चालक लक्ष्मीनिया गाउँपालिका–१ सोहनी बस्ने ४५ वर्षीय जुगेश्वर साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ मा लु.७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २ वर्षीया पृषिका गाहा मगरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएकी संगिता गाहा मगरको सोही अस्पतालमा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय सुवास काफ्लेको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । 



स्याङजाको आधीखोला गाउँपालिका–५ मा ग.१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको बाह्रदशी गाउँपालिका–५ मा  मे.१ च २५४६ नम्बको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने १५ वर्षीया आइसा पौडेलको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी मिना पौडेल​ र सोही नगरपालिका–९ बस्ने ४७ वर्षीय देविभक्त क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 



  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १२:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया