एमाले विधान महाधिवेशनबाट बाधा अड्काउफुकाउ सम्बन्धी प्रस्ताव अनुमोदन

नेकपा एमालेको विधान महाधिवेशनमा बाधा अड्काउफुकाउ सम्बन्धी प्रस्ताव पेस भएको छ । पार्टीका संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा सो प्रस्ताव पेस गरेका हुन् । 

त्यसपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बाधा अड्काउफुकाउ सम्बन्धी प्रस्ताव अनुमोदन भएको जानकारी दिए । 

‘हामीले विधान महाधिवेशन गर्नैपर्ने थियो । खासगरी यो महाधिवेशनलाई एक किसिमले संकल्प व्यक्त गर्ने थलोको रुपमा पनि प्रयोग गरौं भनेर यसको दायरालाई अलिकति फराकिलो बनाउनपर्ने आवश्यक्तालाई बोध भयो,’ ज्ञवालीले भने । 

महाधिवेशनको हलमा भएकाहरूलाई हात उठाएर अनुमोदन गर्नका लागि भनेका थिए । 
 






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:५३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया