दुई महिनामा १० अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा बिभिन्न देशबाट नेपालमा १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । 

भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा बिभिन्न देशबाट उक्त मूल्य बराबरका १४ लाख ९८ हजार ७६५ थान मोबाइल नेपाल भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा २ अर्ब ४२ करोड ११ लाख १७ हजार रुपैयाँ बढीको मोबाइल नेपालमा भित्रिएको छ । 
गत आर्थिक वर्ष २०७७/७८ को साउन र भदौ महिनामा ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँको ९ लाख ९५ हजार ५ सय थान मोबाइल फोन नेपाल भित्रिएको थियो । 

पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट भित्रिएको छ । सो अवधिमा चीनबाट ६ अर्ब ५७ लाख १२ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ । भारतबाट भने उक्त अवधिमा ४ अर्ब ५ करोड ३५ लाख ४१ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ । 

भन्सार विभागका अनुसार गत साउन र भदौमा भियतनामबाट २० करोड ६२ लाख ९८ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्सबाट ४ करोड १६ लाख ७८ हजार रुपैयाँ, अमेरिकाबाट २ करोड १ लाख १३ हजार रुपैयाँ, बेलायतबाट ३३ लाख १ हजार रुपैयाँ, कतारबाट ८५ लाख ४२ हजार रुपैयाँ, कुवेतबाट ११ लाख १० हजार रुपैयाँ, हङकङबाट ९१ लाख ९ हजार रुपैयाँको मोबाइल नेपाल आएको छ । 
 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया