एमालेमा ५ उपाध्यक्ष, २२५ केन्द्रीय सदस्यको प्रस्ताव, आवश्यक परे विधान संशोधन

नेकपा एमालेको आजबाट सुरु भएको विधान महाधिवेशनमा विभिन्न ३ दस्तावेजहरू प्रस्तुत भएका छन् । राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव बैठकमा पेस हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

एमालेको महाधिवेशनमा पेस गरिएको दस्तावेजअनुसार अब एमालेमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ ।

उपमहासचिव विष्णु पौडेलले बाधाअड्काउ सम्बन्धी प्रस्ताव अनुमोदन गरिसकेका छन् ।  

अध्यक्ष ओलीले आफूहरूले सुरु गरेको विधान महाधिवेशनको शुभकामना दिँदै कार्यकर्ताको स्वागत गरेका छन् । त्यसैगरी एमालेले प्रदेश कमिटीका सातजना अध्यक्षहरूलाई केन्द्रीय कमिटीका पदेन सदस्य राखिने उल्लेख गरिएको छ । 

एमालेले १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र १२ जना सदस्यसहितको केन्द्रीय अनुशासन आयोग बनाउने पनि प्रस्ताव गरेको छ । 

आवश्यक परे पार्टी विधानमा संशोधन गर्ने प्रस्ताव पनि गरिएको छ । त्यस्तै, दुई राष्ट्रिय महाधिवेशनको बीचमा एउटा विधान महाविधेशन गर्ने प्रस्ताव दस्तावेजमा उल्लेख गरिएको छ । 



प्रस्तावित दस्तावेज :




  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया