पार्टीविरुद्ध नयाँ आक्रमणका श्रृङ्खला सुरु भएको छः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेकपा एमालेमाथि नयाँ आक्रमणका श्रृङ्खला सुरु भएको बताएका छन् । उनले पार्टीविरुद्ध भएका यस्ता आक्रमणलाई परास्त गर्नु पर्ने अब आफ्नो जिम्मेवारी भएको पनि बताएका छन् ।

उनले पार्टी एकीकरण भंग भएपछि केही मानिसहरुले कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गर्ने काम गरिरहेको पनि बताएका छन् । 

अहिले पार्टीबाट छुट्टिएकाहरुले संगठानत्मक अराजकतालाई प्रश्रय दिन थालेको पनि बताएका छन् । 

उनले अहिले आफ्नो पार्टी प्रतिपक्ष भूमिकामा पुगेको र अहिले फेरि पार्टीमाथि आक्रमण हुन थालेको पनि बताएका छन् । उनले पार्टी सँगसँगै राष्ट्रिय हितमाथि पनि आक्रमण सुरु भएको बताएका छन् । 

दक्षिणपन्थी अराजकतालाई परास्त गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने अभिभारा अब आफूहरुसँग आएको पनि ओलीले बताएका छन् ।

नेकपा एमालेले पहिलो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु गरेको छ । यो विधान महाधिवेशन तीन दिन चल्ने बताइएको छ ।






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया