नेपाललाई संकेत गर्दै ओलीले भने— पदलोलुप व्यक्ति पार्टीबाट बाहिरिए

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पहिलो विधान महाधिवेशनमा माधवकुमार नेपालप्रति कटु टिप्पणी गरेका छन् । उनले केही व्यक्तिहरु पदको लोभमा पार्टीबाट बाहिरिएको बताएका छन् ।

उनले एमालेबाट केही अराजक व्यक्ति बाहिरिएको टिप्पणी गरेका छन् । 

उनको संकेत नेकपा एमाले छोडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललगायतका नेताहरुप्रति लक्षित थियो ।

उनले नेकपा फुटेपछि नेपाली कम्युनिस्ट पार्टीको बदनाम पछिल्लो समय विभिन्न नेताहरुले गरिरहेको पनि आरोप लगाएका छन् ।






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया