माग पूरा भएको भन्दै विद्यार्थीले निकाले विजयी र्‍याली

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न तयार भएपछि विद्यार्थीले धन्यवाद ज्ञापन गर्दै विजयी र्‍याली निकालेका छन् । 

विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने जानकारी दिएपछि विद्यार्थीले खुसी व्यक्त गरेका छन् । उनीहरूले कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्ण र उपकुलपति भरत झाको कार्यकक्षमा लगाएको तालासमेत खोलेका छन् ।

विद्यार्थीले १५ दिनदेखि भौतिक रूपमा कक्षा सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए । 

विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बिपिएच दोस्रो सेमेष्टर/बिएससि सिएसआइटि दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमको भौतिक कक्षा सञ्चालन हुने जनाइएको छ ।   





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १६:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया